मतदानपछि राजेश हमालले भने- अबको पाँच वर्षमा आफू पनि उम्मेदवार बन्छु

काठमाडौं - अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि सन्चार माध्यमसँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।

‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा