शेखरका प्रतिस्पर्धी लालबाबु पण्डितले गरे मतदान

मोरङ - एमाले नेता तथा मोरङ क्षेत्र नंं ६ का उम्मेदवार लालबाबु पण्डितले मतदान गरेका छन् । उनले विराटनगर १२ स्थित  महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् । 

पण्डितको  प्रतिस्पर्धा कांग्रेस नेता डा. शेखर कोइरालासँग रहेको छ। पण्डितले यसअघि कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए। 

वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा कोइरालाले भने ३३ हजार २६६ मत मात्रै पाएका थिए।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा