images

पतञ्जलीका दुवै टीभी गैरकानुनी भएको खुलासा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणको  इजाजतपत्र नै नलिएको खुलासा भएको छ। 

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुईवटा टीभी च्यानल—आस्था नेपाल र पतञ्जली नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा गरेका थिए।  

स्रोतका अनुसार पतञ्जलीले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र लिएको छैन। विभागका एक उच्च अधिकारीले यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति नपाएको बताएका छन्। उनले यो कामलाई गैह्रकानुनी  भनेका छन् ।


तर, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंहले भने यी दुई टीभीले सरकारबाट अनुमति सञ्चालन पाएको दाबी गरेका छन् ,

‘पतञ्जली नेपाल र आस्था नेपाल दुवै टीभी स्याटलाइट प्रविधिका रहेको र प्रसारणका लागि सरकारबाट स्वीकृति पनि लिएको उनको भनाई छ ।

उनले आस्था च्यानलले भारतीय आस्था च्यानलकै सामग्री प्रसारण गर्ने बताएका छन्। सिंहका अनुसार यी टीभीले योगसाधना, योगाभ्यास र धार्मिक गतिविधिबारे सामग्री प्रसारण गर्नेछन्। 

पतञ्जली आश्रममा आयोजित टीभी च्यानल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव , नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि, कृष्ण सिटौला, चित्रलेखा यादव र सरकारका मन्त्रीहरु बालकृष्ण खाण र पर्यटनमन्त्री प्रेम आले  सुजाता कोइराला लगायतको उपस्थिती  रहेकाे थियो ।  


पतञ्जलीले भारतमा आयुर्वेदिक सामान, मह, सर्फ, दन्तमञ्जन, आटा, साबुन, घिऊ लगायत अनगिन्ती दैनिक उपभोग्य सामान बिक्री गर्छ। पतञ्जलीलाई भारतीय जनता पार्टीको प्रत्यक्ष र परोक्ष सहयोग रहेको मानिन्छ। 

पतञ्जलीले नेपालमा पनि योग शिविर सञ्चालन गर्ने गरेको छ। बारम्बार नेपाल आइरहने रामदेव र आचार्य बालकृष्णले काठमाडौँको टुँडिखेल लगायत स्थानमा योग शिविर चलाउने गरेका छन्। 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा