images

कालोबजारीविरुद्ध प्रदेश १ कार्यसमिति गठन

दमक- कालोबजारी तथा समाजमा रहेका विकृतीहरुविरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन भएको छ।

दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ समिति बनेको हो। समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेका छन्। समितिको उपाध्यक्षमा लक्की सिटौला, सम्झना खतिवडा, सचिवमा श्रवणकुमार महतो र सदस्यहरुमा यामप्रसाद भण्डारी, सुर्यबहादुर बस्नेत, सुनिल बोहोरा, सुरेन्द्र खनाल, शिवदास रहेका छन्।

समितिको दमकमा बसेको पूर्ण बैठकले एक महिनाभित्रमा प्रदेशभित्र जिल्लास्थित समितिहरु गठन गर्ने र त्यसपछि प्रदेश अधिवेसन गर्ने निर्णय गरेको योङहाङले बताएका छन्। उपभोक्ताको हित संरक्षणमा खुलेका सम्पूर्ण उपभोक्तावादी संघसंस्थाहरुको छाता संगठनको रुपमा महासंघ रहने जनाईएको छ। महासंघको प्रदेश कार्यालय दमक नै रहेको छ।

महासंघले देशभर नै विधान अनुसार समितिहरु निर्माणलाई तिब्रता दिएको महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले बताए। महासंघ आम नेपालीहरुको साझा र विश्वासयोग्य बनाउने आफूहरुको प्रतिबद्धता रहेको पनि उनले बताउँदै आएका छन्।

महासंघका प्रवक्ता अर्जुन श्रेष्ठका अनुसार महासंघको उपस्थिति पालिकास्तरसम्म रहनेछ। यसले स्थानीय स्तरमा उपभोक्ताहरुको हकहित संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गर्ने र आम जनताको महासंघ बन्ने पनि उनले बताए।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा