images

निगमको कार्यकारी अध्यक्ष कार्यकक्षमा आजबाट तालाबन्दी(विज्ञप्ति सहित)

काठमाडौं - सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरे लगत्तै  नेपाल वायुसेवा निगम कर्मचारी संघको केन्द्रीत समितिले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल सरकारको उक्त कदमलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गरेको छ 

सो विज्ञप्तिमा भनिएको छ निगमको  हालका कार्यकारी अध्यक्षले निगमलाई गिराउने गरि निगमको हित विपरित चरम वेथितिपूर्ण  क्रियाकलापलाई गम्भीर रुपमा निजलाई निलम्बन गरि छानबिनका लागि नेपाल  सरकार बाट छानबिन समिति गठन भैसकेकोले  उक्त प्रतिवेदन नआए सम्मको लागि निगम कार्यकारी  अध्यक्षको कार्यकक्षमा आज मंगलबार ७ गते देखि तालाबन्दी गर्ने नेपाल वायुसेवा निगम कर्मचारी संघको केन्द्रीय समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा