images

जापानी कार निर्माता कम्पनीले होन्डा र सोनीको इलेक्ट्रिक कार २०२५ मा लन्च गर्ने तयारी

काठमाडौँ  - जापानी कार निर्माता कम्पनीले होन्डा,टेक र सोनी कम्पनी सोनीले सन् २०२५ मा इलेक्ट्रिक कार सार्वजनिक गर्ने साझेदारी गरेको  छ।

होन्डाका अनुसार कम्पनीले सन् २०३० सम्ममा ३० वटा इलेक्ट्रिक कार लन्च गर्ने र यस अवधिमा विश्वभर हरेक वर्ष २० लाख इलेक्ट्रिक गाडी उत्पादन गर्ने छ ।

होन्डाले कार निर्माण र बिक्रीमा आफ्नो विशेषज्ञता प्रयोग गर्नेछ, भने सोनीले यसको सफ्टवेयर र प्रविधिलाई समर्थन गर्ने छ ।  

यस वर्षको सुरुमा होन्डाले जनरल मोटर्स (जीएम) सँग कम लागतको ईभी मोडल विकास गर्ने बताएको थियो, जुन नयाँ संयुक्त प्लेटफर्ममा आधारित हुनेछ । यसमा होन्डा र जीएमले २०२४ मा २ वटा इलेक्ट्रिक ईभी उत्पादन सुरु गर्ने योजना बनाएको छ।

होन्डाले सन् २०२० मा आफ्नो सानो इलेक्ट्रिक कार ‘होन्डा–ई’ विश्व बजारमा ल्याएको थियो । कारमा सानो ब्याट्री छ, जसले फुल चार्जमा २८० किलोमिटरको रेन्ज दिन्छ । होन्डा–ईले २०२१ वल्र्ड अर्बन कार अफ द ईयरको उपाधि जितेको थियो । होन्डाले कार बाहेक २ ह्विललाई पनि इलेक्ट्रिकमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा