प्रगतिशील लेखक संघ नेपालकाे ७१ औँ स्थापना दिवस सम्पन्न

चार सर्जक पुरस्कृत

काठमाडाैँ - प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) ले बुधबार ७१ ओैं स्थापना दिवस भव्यताको साथ मनाएको छ। 

स्थापना दिवसको अवसर पारेर  प्रलेसले आफ्नो आधिकारिक वेब साइट www.pwanepal.org.np सार्वजनिक गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले वेबसाइटको उद्घाटन गर्नु भएको हो ।

स्थापना दिवसको अवशर पारेर ४ जना प्रगतिशील सर्जकहरूलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा प्रलेस श्यामप्रसाद पुरस्कार दाङका पदमप्रसाद शर्मालाई, प्रलेस प्रतिभा पुरस्कार रूकुम पश्चिमका रामप्रकाश पुरीलाई प्रलेस मित्र बालसाहित्य पुरस्कार चितवनका शशि किरण रेग्मीलाई प्रलेस युवा पुरस्कार बैतडीका राजेन्द्र तारकिणीलाई प्रदान गरिएको छ । पुरस्कार राशी क्रमस २५१००/-, २०१००/-, १०१००/-, र १०१००/-, रहेको छ ।

प्रमुख अतिथि तथा लेखक मोदनाथ प्रश्रितले मानिसमा समानताको बाटोमा हिंड्न नसक्ने र विभेद कायम राख्नेहरू कम्युनिष्ट हुन नसक्ने बताउनु भयो । कार्यक्रममा बोल्नु हुँदै प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले  सबै प्रगतिशील सर्जकहरू एक हुनुपर्ने आवश्यक्ता ओैंल्याउनु भयो । प्रगतिशील यो अवस्थासम्म आइपुग्नुमा विगतमा धेरै प्रगतिशील लेखक तथा साहित्यकारहरूको योगदान रहेको बताउनु भयो ।त्यस्तै लेखक गोपाल थपलियाले प्रतिशील लेखककै जगमा टेकेर नेता र मन्त्री बनेकाहरूले प्रगतिशील लेखक संस्थालाई भने कुल्चेर हिंडेको भन्दै आपत्ती जनाउनु भयो। 

प्रलेसका अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष मधुसुदन गिरीले प्रगतिशील लेखकहरूले एक्लै हैन सबैजना साथसाथ हिंड्ने अभियान थालेको ७१ ओैँ वर्ष भएको बताउनुभयाे । आगामी दिनमा प्रलेसलाई सबै लेखकहरूको अपनत्व भएको लेखकहरूको संस्था बनाउन एक भएर लाग्न सबैलाई अनुरोध गर्नु भयो । उहाँले प्रलेसको आधिकारिक वेबसाइट बाट अब प्रलेस गतिविधि विश्वभरबाट हेर्न सकिने बताउनु भयो । नयाँ कार्य समिति आएपछि प्रलेसलाई प्रविधि मैत्री बनाउँदै कार्य सम्पादन गर्न थालेको बताउनु भयो । कार्यक्रम प्रलेसका महासचिव डा.देवीप्रसाद क्षेत्री दुलालले सञ्चालन गर्नु भएको थियो ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा