कतार विश्वकप २०२२: नेपालमा ५६५ रूपैयाँ तिरेर हेर्न पाउने

काठमाडौं - फिफा विश्वकप २०२२ कतारमा २० नोभेम्बर आइतवारबाट विश्वकप फुटबल खेल प्रतिस्पर्धा सुरु भएको छ।

यसकाे उपलक्षमा विभिन्न इन्टरनेट तथा टिभी सेवा प्रदायक वेबसर्फरले विभिन्न अफर घोषणा गरेको छन् । जसमा,स्काई, मेरो टिभी र स्काई कममा विश्वकपका खेल सःशुल्क हेर्न सकिन्छ । मिडिया हबले फुटबल विश्वकप २०२२ को प्रत्यक्ष प्रसारण हिमालय प्रिमियम् च्यानलमार्फत उपलब्ध गराएको छ । हिमालय प्रिमियम् च्यानलको सब्स्क्रिप्सन वेब सर्फर अन्तर्गतका यी टिभी अपरेटरमा उपलब्ध हुनेछ । करसहित ५६५ रूपैयाँ पर्ने हिमालय प्रिमियमको सब्क्रिप्सन स्काई, स्काई कम र मेरो टिभीका लागि ईसेवा, खल्तीजस्ता वालेट वा स्थानीय डिलरबाट खरिद गर्न सकिन्छ । यससँगै कम्पनीले विश्वकप विशेष अफरहरू ल्याएको छ ।

यसअन्तर्गत ८५ हजार ९०० पर्ने ६५ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ  पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ९६ हजार ९०० रुपैयाँमा पाउन सकिनेछ । यस्तै  ५८ हजार ९०० रूपैयाँ पर्ने ५५ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ७२ हजार ८०० रुपैयाँमा पाउन सकिनेछ ।यसैगरी ३१ हजार ५०० पर्ने ४३ ईन्च स्मार्ट टिभी, एक हजार २०० पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० रूपैयाँ पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ४२ हजार ९०० रुपैयाँमा पाउन सकिनेछ । अन्त्यमा १८ हजार ५०० रूपैयाँ पर्ने ३२ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० रूपैयाँ पर्ने २०० एमबीपीएस इन्टरनेट कुल २८ हजार ८०० रुपैयाँमा पाउन सकिनेछ ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा