साओमीले फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै

काठमाडौं - चिनियाँ स्मार्टफोन कम्पनी साओमी नयाँ फोल्डेबल फोन सार्वजनिक गर्ने तयारीमा छ । कम्पनीले सार्वजनिक गर्ने फोल्डेबल फोनको प्रोटोटाइप यसअघि नै सार्वजनिक भइसकेको छ ।

यसैबीच उक्त फोनको थप नयाँ फिचरसमेत सार्वजनिक भएका छन् । टिप्स्टर क्युवाका अनुसार यो फोन बाहिरतर्फ फोल्ड गर्न मिल्नेछ । सँगै यो फोन स्न्यापड्रागन ८५५ एसओसी चिपसेट आधारित हुनेछ । यसको अर्थ साओमीले सार्वजनिक गर्ने फोल्डेबल फोनले फाइभजी नेटवर्क सपोर्ट गर्नेछ ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा