images

बारको १५औँ सम्मेलन पोखरामा हुने

काठमाडौं । नेपाल बार एसोसिएनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।

कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता स् व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ । बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ । बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा