images

गण्डकी प्रदेशमा गाडी भाडा तोक्न समिति गठन

समितिले भाडा बढाउन हुने वा नहुने, बढाउँदा कसरी बढाउने भन्ने सिफारिस गर्ने

काठमाडाैँ-  गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा निर्धारण गर्न सिफारिस समिति गठन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको हो ।

समितिले भाडा बढाउन हुने वा नहुने, बढाउँदा कसरी बढाउने भन्ने सिफारिस गर्ने छ । यसअघि संघीय सरकारले दुई प्रदेशबीचको सवारी भाडा २८ प्रतिशत बढाएको थियो । 
‘संघ सरकारले आफ्नो मात्रै अधिकार क्षेत्रभित्र रहेर भाडादर कायम गरेको र प्रदेशलाई  पनि प्रदेशभित्रको भाडा तोक्ने अधिकार रहेको प्रवक्ता कुमार खड्काले बताए । भने, ‘भाडादर समायोजन गर्न कै लागि समिति बनेको हो । प्रदेश १ र बाग्मती प्रदेशको भाडा यसअघि नै समायोजन भइसकेको छ ।


 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा