images

सर्वसम्मत अध्यक्ष बन्न ओलीकाे आन्तरिक लोकतन्त्रको नयाँ पुनःपरिभाषा

काठमाडौँ- १० देखि १२ मंसिरमा चितवनमा हुने दशौँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष हुने तयारीमा छन् । यसका लागि अध्यक्ष ओलीले आन्तरिक लोकतन्त्रसम्बन्धी आफ्नै दस्ताबेजलाई पुनर्परिभाषित गरेका छन् । ‘समाजमा लोकतन्त्रका लागि लड्ने र त्यसको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक जीवनमा पनि उन्नतस्तरको लोकतन्त्र अवलम्बन गर्नुपर्दछ । त्यसैले हाम्रो पार्टीलाई आन्तरिक लोकतन्त्र उन्नत भएको पार्टीका रूपमा स्थापित गर्नुपर्दछ,’ विधान महाधिवेशन ९१५–१७ असोज०मा ओलीले पेस गरको राजनीतिक प्रतिवेदनमा छ, ‘नीति, विधि र नेतृत्व निर्माणमा पार्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसत्तालाई प्रत्याभूत गरिनुपर्छ ।’ 

तर, देशभर प्रतिनिधि चयन हुने दिन २७ कात्तिकमा ओलीले भिडियो सन्देशमार्फत सहमतिलाई आन्तरिक लोकतन्त्रको उच्च अभ्यास भनेका थिए । ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो,’ ओलीको सम्बोधनमा थियो । 

नवौँ महाधिवेशनमा तलैदेखि चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट र केन्द्रीय नेतृत्व चयन गरेको एमालेले दशौँ महाधिवेशनमा भने ठीकविपरीत चुनावी प्रतिस्पर्धालाई लगभग तलैदेखि ‘निषेध’ गर्दै सर्वसम्मतमा जोड दिएको छ । नीति, विधि र नेतृत्व निर्माणमा पार्टी सदस्यको निर्णायक भूमिका र सार्वभौमसत्तालाई कमजोर बनाउन सक्ने एमालेकै केही नेताहरूको टिप्पणी छ ।

नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा