images

गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौः मन्त्री श्रेष्ठ

गण्डकी । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन् । 

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । 

सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उनले एक महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने छ भने । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा