images

 विश्वकर्माको उपन्यास ‘क्वारेनटाइन’बजारमा 

काठमाडौँ -अन्तराष्ट्रिय साहित्य समाजका पुर्व अध्यक्ष तथा साहित्यकार पदम विश्वकर्माको पहिलो कृति‘ क्वारेनटाइन’उपन्यासको लोकार्पण भएको छ । शुक्रवार नेपाल प्रज्ञा प्रतिषठानका कुलपति गंगा प्रसाद उप्रेतीले सो उपन्यासको लोकार्पण गरेका हुन् । 
उपन्यास माथि टिप्पणी गर्दै कुलपति उप्रेतीले उपन्यास सरल भाषामा रहेर पनि नयाँ र समसामयिक बिषय समेटेको बताएका छन् । दुई वर्षदेखि विश्वभरीका मानव आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटिएकोले उपन्यास ऐतिहासिक कृतिको रुपमा स्थापित भएको बताएका हुन् । 

प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको विकासमा विश्वकर्माले दिएकाे  योगदान अतुलनीय रहेको उनको भनाई छ। 
उपन्यास माथि समिक्षा गर्दै संचारकर्मी तथा समिक्षक राजकुमार बानियाँले उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमा अमेरिकामा रहेका नेपालीले भोगेको पीडा समावेश भएको बताएका छन् । विश्वकर्मा स्वयमले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नु परेको कारुणिक पीडा उपन्यासमा समेटेको बताएका छन् ।

साहित्यकार गीता खत्रीले उपन्यास भोक्त भएर लेखिएको हुनाले मौलिकपन रहेको र विश्वको कालखण्डको महामारीलाई समेट्न सफल भएको बताएकी छन्। 
अनेसास नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा कुलपति उप्रेती, साहित्यकारहरु गीता खत्री, राधेश्याम लेकाली, डा लक्ष्मणप्रसाद गौतम, प्राडा खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य राखेका थिए ।  
कार्यक्रममा साहित्यकारहरु जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव  बिमला निरौला, सदस्य डा.रेणुका सोलु, पूर्व सचिव प्रकाश नेपाल, बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरु रामप्रसाद दाहाल, लीला लुइटेल, उमेश पाण्डे, पवित्रा सानु, मीरा गोतामे, नेत्रबन्धू पोख्रेल लगायतकाे उपस्थिति रहेको थियो ।

संग्रिला प्रकाशनले प्रकाशित गरेको ‘क्वारेनटाइनमा’ १ सय ८४ पृष्ठ रहेको छ । यो उपन्यासको बजार मूल्य ३ सय ५० रहेको छ । अमेरिकाको क्लोराडोमा व्यवसाय गर्दै आएका विश्वकर्माले यसअघि अन्तराष्ट्रिय साहित्य समाजकाे दुई कार्यकाल अध्यक्षको भूमिका समेत  निर्वाह गरिसकेका छन् । 
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा