images

नेप्से परिसूचक ३२.२९ अंक  घट्याे

४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरकाेमात्र शेयर खरिदबिक्री

काठमाडाैँ - मंगलबार नेप्से परिसूचक ३२.२९ अंक  घटेर बन्द भएको छ।  यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ७४ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सूचक घटेपनि यस दिन मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १८० रुपैयाँ ९० पैसा बढेर १ हजार ९९० रुपैयाँ १० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा