images

कसैले बुझाउन नसकेको थ्रीडी (3D) प्रविधि !

साधारण भाषामा भन्ने हो भने ३ वटा आयतन वा नापहरु (लम्बाई, चौडाई, गहिराई) मिलेर जुन बस्तुको आकार हाम्रो आँखाको वरिपरि देखिन जान्छ त्यसलाई नै हामी 3D भन्छौँ

- रुपक शाक्य

साधारण भाषामा भन्ने हो भने ३ वटा आयतन वा नापहरु (लम्बाई, चौडाई, गहिराई) मिलेर जुन बस्तुको आकार हाम्रो आँखाको वरिपरि देखिन जान्छ त्यसलाई नै हामी 3D भन्छौँ । हाम्रो २ वटा आँखाहरु जुन २ इन्चको फरकमा छ दुईवटै कोणबाट मिलेर सृजित हुने बस्तुनै 3D प्रविधिको सिद्धान्त हो र यही पद्दतीबाट हामी सारा संसारलाई नियाल्न सकिरहेका छौँ । यानी तपाईले मलाई, र मैले तपाईलाई थ्रीडीमा देखिरहेका छौँ । एउटै शब्दमा यस्को विश्लेषण गर्ने हो भने थ्रीडी नै वास्तविक हो र वास्तविकता नै थ्रीडी हो ।

कुनै पनि चल अचल चित्रहरुलाई आँखाको वरिपरि घुमाएर त्यसबाट उत्पन्न हुने एक किसिमको भ्रमहरुको समिश्रण गराई उत्पन्न गरिने 3D प्रविधिको प्रक्रियालाई नै Steresocopic Method वा Binocular Disparity भनिन्छ जुन अहिलेको संसारको विकसित रुप हो र आधुनिकताको एक अनुपम नमुना ।

3D को इतिहास केलाउने हो भने लगभग २०० वर्ष अगाडी क्यामराको आविष्कारसँगै 3D प्रविधिको पनि निर्माण भएको देखिन जान्छ । जब १८२७ मा Joseph Niecephore Niepce ले पहिलो क्यमारा आविष्कार गरे र त्यसमा क्रान्ति ल्याउन सक्षम भए त्यसपछि बल्ल क्यामराको विसकासँगै थ्रीडीले अग्रता लिएको मानिन्छ । त्यसपछि यसको सारा श्रेय English Scientist Charles Wheatstone लाई जान्छ जस्ले दुईवटा आँखाहरुको कोणलाई पछ्याउने काम गरे र Stereocopy प्रविधिलाई प्रकाशमा ल्याए । यो प्रक्रियालाई पछ्याउँदै सन् १९२० मा Lumiere Brothers ले १५ मिनेटको पब्लिक फिल्म तयार पारेर यस्मा थप नयाँ आयाम थपिदिए र यस भिडियोसँगै सिनेमा जगत्को विकास भयो र मनोरञ्जनको दुनियामा एक प्रतिस्पर्धि यूगनै शुरु भयो । सन् १९३४ मा Dr. Edwind Land ले Polarzed चश्माको निर्माण गरी यस क्षेत्रमा क्रान्तिनै ल्याए जो Polarize Company का संस्थापक पनि थिए जस्को बावजुद 3D चश्माको पनि निर्माण हुन गयो र यस्को विकासले निरन्तर अग्रता लिँदै गयो । सन् १९५०–१९६० को वर्ष  3D को वर्षानै भयो । पश्चिमि देशमा निर्माण हुने अधिकांश फिल्महरु घम् प्रविधिमा निर्माण हुन थाले र दर्शकहरु अनौठो प्रविधिको मज्जा लिन सिनेमा घरमा धाउन थाले । 3D प्रविधिमा फिल्म निर्माण गर्ने प्रतिस्पर्धाले झन् झन् यस्को विकासले अग्रता लिँदै गयो ।

पुरानो प्रविधिमा प्रयोग हुने Anaglyph Glass (Red/Cyan) को 3D पद्दती देखि हलमा Digital System को Polarized (Passive) Glass ले दर्शकहरुलाई 3D, 4D, 8D, 16D देखि 216D सम्मको मनोरञ्जन प्रदान गर्यो र गर्दै पनि छ र यस्को विकासले झन् टीवी मा समेत 3D प्रविधिको विकास गरी निर्माण गरिएको Active Shutter 3D Glass ले तहल्का मचाउने क्रम जारी नै छ । अब त झन् यस्को विकसित रुप No -Glass 3D (Auto Sterescopic) प्रविधिले नयाँ आयाम नै थपिदिएको छ जस्मा चश्मा प्रयोग गरिँदैन र यो अब चाँडै बजारीकरण हुनेवाला छ । अब त झन् Holography 3D (Volumetric Display) प्रविधिको विकासले रौनकता नै छाइदिइसकेको छ किनकी अब हरेक प्राविधिक, वैज्ञानिक, निकित्सक क्षेत्रका कामहरु यस्बाट सम्भव हुने लगभग तय भइसकेको छ ।

3D कागजी रुपमा छपाई भएर औपचारिक रुपमा विकास भएको चैँ सन् १९५५ मा हुन गएको देखिन्छ जसलाई Netherland नागरिक Hary Zur Kleinsmiede ले आविष्कार गरेका हुन् । उनले Real View Master पद्दतीबाटै यस्को शुरुवात् गरेका थिए । भन्दा यस्को अनौपचारिक आविष्कार आजको यूगभन्दा ६० वर्ष अगाडिनै हुन गएको देखिन्छ । उनैको पद्दतीलाईनै अंगिकार गर्दै संसारभर यस्को प्रयोग हुन थाल्यो र हरेक देशले आ–आफ्नो स्थानमा रहेर यस कागजी प्रक्रियाको 3D किताबको विकास गरेर भरपुर रियलिटी मनोरञ्जन प्रदान गर्न थाले र यस्ले दिनप्रतिदिन अग्रता लिँदै गइरहेको छ ।

3D कागजी सफलताको लगभग ६० वर्षपछि आएर यो नेपालमा पनि पहिलोचोटी आविष्कार भएको छ र यस्लाई निर्माण गर्ने पहिलो व्यक्ति रुपक शाक्य हुन् जो रुपक क्रियशन प्रा.लि. र नेपानिमेसन प्रा.लि. का अध्यक्ष हुन् । 3D विकास र संभाव्यतावारे नेपालमा वर्षौसम्म अध्ययन गरी सबै स्रष्टाहरुको सोच, सुझाव, हौसलाबाट अभिपे्ररित भई प्राविधिक र शैक्षिक जगत दुवैलाई मिश्रण गरी “3D Nepali Story Book” पहिलोपटक नेपालमा प्रकाशनमा भएको हो । किताब आफैमा नयाँ, फरक, प्राविधिक र मनोरञ्जनात्मक पुस्तक मानिन्छ । यस्मा प्रविधिको नविनतम नमुना प्रत्यक्ष हाम्रै आँखाको अगाडी देख्न सकिन्छ । किताबभित्र रहेका कथासँगै प्रयोग भएका चित्रहरुलाई Anaglyph 3D Glass (red/cyan) चश्माको प्रयोग गरी हाम्रो आँखा अगाडी धेरै नजिक र टाढा भएको महसुस गराईदिन्छ, विनाकुनै आँखामा वाधा पुर्याई, जुन प्रविधि र आधुनिकताको र अनुपम नमुना हो ।

-लेखक नेपालको पहिलो थ्रीडी बुक क्रियटर र थ्रीडी एक्स्पर्ट  तथा नेपालकुराका उप सम्पादक हुन्  । उहाँ नेपालमा थ्रीडी प्रविधिको महत्वलाई उजागर गर्ने कार्यमा सक्रिय  हुनुहुन्छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा