रौतहट क्षेत्र नं ४ मा देवप्रसाद तिमल्सिना दोस्रोपटक निर्वाचित

रौतहट - प्रतिनिधिसभामा रौतहट ४ मा नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले ३४ हजार १६१ मत सहित विजयी भएका हुन् । 

उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमाले उद्धव रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका छन् । रौतहटको निर्वाचन क्षेत्र नं ४ मा एक चोटि जितेका उम्मेदवार अर्को पटक जितेको रेकर्ड थिएन् । तिमल्सिनाको जित भएपछि उनले इतिहास नै रचेका छन् ।

२०४६ सालदेखि सांसद फेर्दै आएका रौतहट क्षेत्र नं ४ का मतदाताले योपटक पुरानै सांसद रोजेका हुन् ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा