सर्लाही–४ को (१) बाट निवर्तमान मन्त्री सिंह विजयी

सर्लाही - सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार एवम निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । विहीबार बिहान सम्पन्न मतगणना अनुसार सिंह १ हजार ७७ मतान्तरले विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिको कार्यालयका अनुसार कृतसिंहले १५ हजार ६ सय ९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामबाबु रायले ले १४ हजार ६ सय १६ मत प्राप्त गरेका हुन् ।

निवर्तमान मन्त्री सिंह २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको मधेस प्रदेश सभापति र मधेस प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भएका थिए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा