मोरङ–५ ( २) मा कांग्रेसका अर्याल विजयी

मोरङ - मोरङ–५ ९२० बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी हुनुभएको छ । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो ।

उहाँका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गर्नुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले  १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा