क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका गोसाइँ विजयी

भक्तपुर - भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उहाँ २९ हजार सात सय चार मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा