सुनको मूल्य तोलाको कति ?

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा