लमजुङ प्रदेशसभा २ मा कांग्रेसका पौडेल निर्वाचित

लमजुङ- लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।

पौडेलले ७ सय ५४ मतान्तरले एमालेका कृष्णप्रसाद अधिकारीलाई हराएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका युवराज दुराले २ सय ४१ मत र नेपाली कांग्रेस वीपी का नवराज बसौलाले १ सय ४५ मत पाएका छन् । कुल ४१ हजार ८ सय ५७ मतमा ४१ हजार १७ सदर र ८ सय ४० बदर भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा