गोरखाको ६ वटै सिट गठबन्धनलाई

पोखरा- गोरखाका २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य सिट गठबन्धनले जितेको छ । प्रतिनिधि सभातर्फ गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भए । बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मत अन्तरले हराएका हुन् । बजगाईँले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाए । 


गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् । प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् । 
प्रदेश सभा तर्फ गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल विजयी हुँदा एमालेका सुरेन्द्र थापा पराजित भए । प्रदेश सभा १ । (ख) मा कांग्रेसका नन्द प्रसाद न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । क्षेत्र नम्बर २ (क) मा नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले एमालेकै राजु रानालाई हराउँदा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डेले एमालेका बसन्त गुरुङलाई पराजित गरे । 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा