images

सोवा हेल्थ केयर सेन्टर प्रा. लि.को बिहिबारबाट सेवा सञ्चालनमा आउने

ललितपुर - सोवा हेल्थ केयर सेन्टरले यहि नोभेम्वर २५ अर्थात मंसिर ९ गते विहिबार सेवा सञ्चालनमा ल्याउने भएको छ । 

ललितपुरको एकान्तकुना स्थित स्विस् एम्बेसी नजिकै सोवा हेल्थ केयर सेन्टर सञ्चालनमा आउन लागेको हो । सोवाले प्याथलोजी ल्याव, अल्ट्रासाउण्ड, इको, एक्सरे, टिएमटी, पीएफटी, हल्टर, एवीपी लगायतका सेवाप्रदान गर्ने जनाएको छ । विशेष सेवा अन्तर्गत कस्टमेटिक, इण्डोस्कोपी र भ्याक्सिनेसन लगायतका सेवाहरु पनि सोवाले प्रदान गर्नेछ ।

 


 

वरिष्ठ विशेषज्ञ चिकित्सकहरु र अनुभवी व्यवस्थापकहरुबाट सञ्चालित हेल्थ केयर सेन्टरबाट सेवाग्राहीले छिटो र छरिटो सेवाप्राप्त गर्ने छन् । हेल्थ केयर सेन्टर बिहान ७ बेजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने छ । सेवा सञ्चालनमा ल्याएको अवशर पारेर सोवाले सेवाग्राहीलाई नोभेम्वर २५ देखि डिसेम्वर २५ सम्म एक महिना हरेक सेवामा २५ प्रतिशत रकम छुट दिने जनाएको छ ।
 सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, डाइबिटिज केयर प्याकेज,थाइराइड प्याकेज सहितका सेवा पनि प्रदान गर्ने भएको छ । यी सेवाहरुका साथै घरमै गएर होम केयर सेवा तथा नमुना संकलन सेवा समेत उपलव्ध गराइने सोवाले जनाएको छ ।  

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा