काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतले विजयी

काभ्रे - काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा क को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन् ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका ढकालले २० हजार (२) मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप)ले ११ हजार २७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय भएका ढकाल माओवादी केन्द्रका केन्द्रीयसदस्य हुन् । उनले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपूरा रहेको काम पूरा गर्ने र जनताकै बीचमा रहेर काम गर्ने बताए । यसअघि ०७४ सालको निर्वाचनमा ढकाल यही निर्वाचन क्षेत्रबाट विजय भएका थिए ।  

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा