images

प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण

काठमाडाैँ।  पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  नौ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १० तथा खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

 प्रदेशमा पछिल्लो समय २० महिलासहित ४३ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट सो अवधिमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा