images

सुनको मूल्य घटयो

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० रूपैँयाले  घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० रहेकाे छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० रहेकाे थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रति तोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलरकाे आसपासमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा