images

भारतमा कोरोना संक्रमण दर घट्यो

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५८६ जनामा मात्रै कारोना संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ ।

यही अवधिमा १० हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १७ हजार ६७ रहेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ४१ हजार ३४९ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ५७ हजार ६९८ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ६६ हजार ५८४ जनाको मृत्यु भएको छ ।


 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा