images

विश्वकप एसिया छनोटः आज नेपाली महिला टोली र कुवेतबिच  भिडन्त हुने

काठमाडौँ –विश्वकप एसिया छनोटमा आज बिहीबार नेपाली महिला क्रिकेट टोली र कुवेतविरुद्ध प्रतिस्पर्धा हुँदैछ ।

 छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुने भएको हो ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ ।

छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना कायमै राख्न नेपालले आजको खेल पनि जित्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा