images

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गर्नुपर्छः नेता थापा

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ । 

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका नेता थापाले आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो ।, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्ने र यो सम्भव रहेको उहाँको भनाई थियो ।

नेता थापाले स्थानीय तहमा सहमति मानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । 

यस्तै नेकपा एमालेका नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताउनुभएको छ । आज पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमानै नेतृत्व चयन हुने बताउनुभयो । 

फरक प्रसङ्गमा बोल्दै उहाँले आफू सचिवको उम्मेद्ववार रहेको बताउनुभयो । 

नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा