चुनावी तालमेलले राम्रो नतिजा दिने अध्यक्ष दाहालको विश्वास

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ ।

बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताउनुभयो । गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उहाँको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रुपन्देही आउनुभएको हो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा