images

गुगल स्थापनाको २३ वर्ष : लरेन्स पेज र सर्गेइ ब्रिनले बदलेकाे विश्व

काठमाडौं । गुगल स्थापना भएको २३औं वर्ष पुगेको छ र सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले आफ्नो स्थापना दिवस एनिमेटेडे डुडल केकसँगै मनाएको छ । लरेन्स पेज र सर्गेइ ब्रिनले २३ वर्ष अघि गुगलकाे स्थापना गरेका थिए । 

पिएचडीका दुई विद्यार्थीले सर्च इन्जिन’ बनाउने सोचमा काम गरेका थिए ।  उनीहरूको सो कार्यबाट  विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन बन्न पुग्यो अहिले  गुगलमा हरेक दिन विश्वभर १५० भाषामा अर्बौं सर्च हुने गर्छन् र गुगलका सुरुवाती दिनभन्दा अहिले धेरै परिवर्तन भएको छ । सुरुमा टोय ब्लकबाट बनेको क्याबिनेटमा पहिलो सर्भर थियो भने अहिले यसका सर्भर २० भन्दा बढी डाटा सेन्टरमा छन् र सबैका लागि विश्वको सूचनामा पहुँच दिने यसको मिसन भने उही छ’, गुगलले डुडलसहितको बायोमा लेखेको छ ।


गुगलका संस्थापकद्वय लरेन्स पेज र सर्गेइ ब्रिनबीच पहिलो पटक स्टानफोर्ड विश्वविद्यालयको कम्प्युटर साइन्स विभागमा भेट भएको थियो । त्यतिबेला पेज २२ वर्षका र ब्रिन २१ वर्षका थिए । पहिलो भेटदेखि नै उनीहरूबीच हरेक कुरामा विवाद वा असहमति हुने गर्थ्यो ।

पेज मिचिगन विश्वविद्यालयबाट ग्र्याजुएशन गरेपछि स्टानफोर्डमा पिएचडी पढ्न आएका थिए । पिएचडी पढ्न आएका उनीहरूबीच १९९६ एउटा यस्तो साझेदारी बन्यो जसले इतिहासको दिशा र गति नै बदलिदियो ।पेज र ब्रिन मिलेर ब्याकरब विकास गरे । ब्याकरब भनेको एउटा यस्तो अल्गोरिदम हो जसले वेबमा गएर यसको गणितीय सोपानक्रम थाहा पाउन सकिन्छ र वेब पेजतर्फ लक्षित लिङ्कका आधारमा पेजको श्रेणी निर्धारण हुन्छ ।

पछि उक्त सर्च इन्जिनको नाम गणितीय शब्द ‘googol’ का आधारमा गुगल राखियो । ‘googol’ भनेको एकपछि सयवटा शून्य राखिने अंक हो । सन् १९९७ को सेप्टेम्बर महिनामा पेज र ब्रिनले आफ्नो सर्च इन्जिनको डोमेन नाम दर्ता गरे । दर्ता गर्नुअघि उनीहरूको सर्च इन्जिनले स्टानफोर्डको अधिकांश ब्यान्डविथ प्रयोग गरेको थियो । नयाँ डोमेनको नाम गुगल डट कम राखियो ।

यसरी सुरू गरेकाे गुगल अहिले विश्व जाेड्ने माद्याम बनेकाे छ । अहिले गुगले सफ्टवेयर प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान तथा विकासमा निकै ठूलो योगदान गर्दै आएको छ । 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा