images

संंक्रान्ती बजारमा सिसी क्यामरा जडान

काठमाडौँ- तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारको शान्ति सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि सिसी क्यामरा जडान गरिएको छ ।

बढ्दो सहरीकरणसँगै बजार क्षेत्रको सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणका गर्ने उद्देश्यका साथ क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्रको शान्ति सुरक्षाका लागि गाउँपालिकाको आर्थिक सहयोगमा क्यामेरा जडान गरिएकोे गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । आठराई गाउँपालिकाको केन्द्रमा रहेको बजार क्षेत्रमा क्यामेरा जडान गरेपछि निगरानी गर्न थालिएको छ ।  

सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाएर गल्ती पत्ता लगाउन सजिलो हुने र कारबाही गर्न सकिने भएकाले प्रविधिको प्रयोग गरिएको हो । समाजमा हुन सक्ने चोरी तस्करी जस्ता अवैध तथा आपराधिक गतिविधिबाट समाजलाई जोगाउन, सवारी दुर्घटना
 नहोस् र भइहाले दोषी पहिचान गर्न क्यामेरा जडानले सहज हुने इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा