images

पोखरामा नेपाल इको प्यानल समूहबाट आधुनिक इट्टा उद्योग सञ्चालन हुँंदै  

काठमाडौं - नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट इट्टा उत्पादन सुरु हुने भएको छ । यसको लागि पोखरामा अन्तिम तयारी भइरहेको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुर्याएको हो । नेपाल इको प्यानल ग्रुपका लगानीकर्ताहरुको समूहले यो उद्योग सञ्चालनको तयारी थालेको हो ।

लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरुले वंगलादेशी विज्ञलाई झिकाइ लामो समयदेखि काम गराइरहेको जनाए । विगत ४० वर्षदेखि अटोमेटिक मेशिन मेड क्लिन व्रिक्स (इट्टा) विज्ञ पारिमल दासलाई विज्ञको रुपमा नियुक्त गरी काम गरिरहेको उनले जनाए । 

नेपाल आएका अटोमेटिक मेशिन मेड क्लिन व्रिक्स विज्ञ दासले नेपालमा चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्टिय प्रविधिमा आधारित भएर इटाभटा सञ्चालन हुने नसकेको बताए । उनले अहिले पोखरामा सञ्चालन गर्न लागिएको इटा उद्योग अन्तर्राष्टिय प्रविधिमा आधारित भएको सुनाए ।

उनका अनुसार यो प्रविधिबाट इट्टा उत्पादन गर्दा सवै काम मेशिनले नै गर्ने गर्दछ । मेशिनले इट्टा पार्नेदेखि इटा निकाल्नेसम्मको सवै काम गर्ने उनले बताए । अहिले नेपालमा इट्टा पार्ने काम मानिसबाट हुने गर्दछ । विज्ञ दासले यो प्रविधिबाट इट्टा उत्पादन गर्दा १२ अ‍ै महिना कारखाना सञ्चालन हुने जनाए । इट्टा घाममा राखेर नभई आफै सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इट्टा बनाउन सकिने उनले बताए । 

अन्य सामान्य इटाभटाहरु वर्षमा ६ महिना मात्रै चल्ने गर्दछ । प्रत्येक वर्ष मंसिरमा सुरु भई चैत वैशाख महिनामा उद्योग वन्द हुने गर्दछ । असारमा पानी पर्ने भएकाले त्यस्ता उद्योग अस्थायी रुपमा ६ महिना चल्ने र ६ महिना वन्द हुने गर्दछन् । पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इट्टा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग सञ्चालनमा ल्याउन लागेको हो । वढ्दो इटाको मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ ।

नेपालमा पहिलादेखि चल्दै आएका दुई वटा चाइनिज इट्टा उद्योगहरु थिए, भक्तपुर इट्टा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इट्टा तथा टायल उद्योग । तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इट्टा तथा टायल उद्योग वन्द भइसकेको छ । यता भक्तपुरको इट्टा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । इट्टा भौतिक निर्माणको प्रमुख सामानमा पर्दछ । जगदेखि सवैतिर इट्टा को प्रयोग हुन्छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा