अकस्मात्
सुकिलो आकाशमा
मडारनि थाल्छन्
काला बादलहरू
निर्लज्जभै
फैलिन सक्छन् चारैतिर
र
उजाडिन सक्छन्
कयाैं सुकुमार जीवनहरू
भत्काउन सक्छन्
कयाैं सक्ला
मनका दिवारहरू
त्यतिबेला
कसरी मेटिएला अश्रुले
अतृप्त प्यास?
कसरी
हुँला र तृप्ति ?
अनेकौं परिस्थितिसँग
लड्दै, भिड्दै
बाध्यताले कुँजिएका
कुरुप मुहार लिएर
म
विगतको सफा ऐनामा
छर्लङ्ग जीवन
हेरिरहेछु यतिबेला
र
सम्झिरहेछु
ती पल ।
थाहा छ
त्यतिबेला
मनमोहक फूलका गुच्छा
एक तमासले
वरिपरि
काँडाका घेरामा
मुस्कुराएथ्यो ।
अचेल
नसोध्नु मलाई
ती पलहरू
नसाेध्नु मलाई
सन्चो बिसन्चोहरू
म फेरि
अकमकाउन सक्छु
म फेरि
निशव्द हुन सक्छु
किनभने
यतिबेला
दुखिरहेछ देश
मुटु दुखे जस्तै
र
देश सँगै
दुखिरहेछु म ।
अनि
कसरी म, सञ्चाे हुन सक्छु ?
कसरी मुस्कुराउन सक्छु?
कसरी हाँस्न सक्छु ?
मेराे काँधमा हेर
पीडाकाे सगरमाथा
अनि
बाेकेर देशकाे भविष्य
म तहलिरहेछु
यतैकतै
वस्तिहरूमा
अक्षरका
बिजहरू राेपेर ।
कुनै दिन
ती अक्षरका बीउहरू
उम्रिएछन् भने
कुनै दिन
ती अक्षरका फूलहरू
फक्रिएछन् भने
याे देशकाे शिरमा
सिउँरिएर
म ढुक्कै
एक मुठ्ठी सास फेर्नेछु
त्यतिबेला
आउनु तिमी
साेध्दै मेराे हालखबर
साेध्दै देशकाे हालखबर ।
– शारदा घिमिरे भैल
बनेपा ५
प्रतिक्रिया