images

ललितपुर धापाखेलबाट बिहानभरि दिनभरि हिंडेरै काठमाडाैं पुगिन्थ्याे : माकुरी पाैडेल

काठमाडाैं -  काठमाडाैंमा गाडी नै थिएनन् । ललितपुर धापाखेलबाट  बिहानभरि हिंडेपछि काठमाडाैं पुगिन्थ्याे । काठमाडाैंमा ताेप पड्केकाे ललितपुरकाे धापाखेलसम्म सुनिन्थ्याे । ताेप पड्केपछि नै उज्यालाे र अँध्याराेकाे निर्क्याैल गरिन्थ्याे  । बिहान  पर्खन ताेपकाे आवाज कुर्नु पर्दथ्याे ।

ताेपकै आवाजबाट रात परेकाे थाहा हुन्थ्याे । करिव १०० वर्ष अघिकाे नेपाल र अहिलेकाे नेपालमा आकास जमीन फरक देख्छिन् ललितपुरकी माकुरी पाैडेल ।  काठमाडाैं र ललितपुर जाेड्ने थापाथलीमा सानाे पूल थियाे । मानिसहरू हिंडेरै वारपार गर्थे । पाैडेलले घाँसपात गरेका जमीनहरू अहिले त पुरै सहर भए । उनले  हिंडेका सातदाेबाटाे नजिकैका टुंडिखेल मासिए । अहिल न टुंडिखेल छ, न उहिलेकाे गाउँ । मात्र स्मृती छ उनीसँग । प्रस्तुत छ नेपाल कुरा मिडियाकाे  'उहिलेकाे कुरा' भिडियाे स्तम्भ' अन्तरगत  जितेन्द्र रसिकले गरेकाे कुराकानी । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा