images

नयाँ रेडिमेड ब्राण्ड ‘भ्याक्सिनो' सार्वजनिक

नयाँ रेडिमेड ब्राण्ड ‘भ्याक्सिनो'   सार्वजनिक  

काठमाडाैँं - अल्फा इम्पोरियलमार्फत नयाँ रेडिमेड ब्राण्ड ‘भ्याक्सिनो इन्टरन्याशनल मेन
वेयर’  सार्वजनिक भएकाे छ । यस ब्राण्ड अन्तर्गत  पुरुषहरुका लागि जिन्स, कटन तथा लेदरका कपडा र ज्याकेट, सर्ट, टी–सर्ट, ब्लेजर जस्ता अन्तर्राष्ट्रिय ब्राण्डका विभिन्न रेडिमेड कपडाहरु बिक्री थालेकाे हाे । 

भ्याक्सुिनाेले निकट भविश्यमै भ्याक्सिनो  लेडिजका कपडाहरु पनि ल्याउने
तयारी गरेकाे छ । भ्याक्सिनाले यो ब्राण्ड बजारमा ल्याउनमात्र करिब ३ करोड रुपैयाँ लगानी गरेकाे अल्फा इम्पोरियलले जनाएकाे छ । 
हाल यो कपडा भारत र चीनमा उत्पादन भइरहेको छ भने निकट भविश्यमा नेपालमै ६० देखि ७० प्रतिशत उत्पादन गर्ने हाम्रो तयारी रहेकाे बताइएकाे छ । हाल न्युरोडस्थित नेपा कम्प्लेक्समा भ्याक्सिनोको शोरुम राखिएको छ भने ६ महिनाभित्रै ललितपुरकाे कुमारीपाटी, दरबारमार्ग र बौद्धमा गरी ३ वटा शोरुम सञ्चालनमा ल्याउने हाम्रो तयारी गरिएकाे जनाइएकाे छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा