यो जीत होइन, जिम्मेवारी हो म पूरा गर्छु : तोसिमा कार्की

ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा.तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन् ।

‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताइन् । ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् । जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा