images

भरतपुरमा छ लेनको सडक बिस्तारका लागि घरटहरा भत्काउन सुरु

चितवन - चितवनको नारायणगढ–गोन्द्राङ छ लेनको सडक बिस्तारका लागि घरटहरा भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडक क्षेत्रभित्र परेका घरटहराहरु आज शुक्रबारदेखि भत्काउन सुरु गरेको हो ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि नारायणगढको पुल्चोकबाट भत्काउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले बताउनुभयो । यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा